काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तार हुन तयार रहेको बताएका छन् । झापाबाट काठमाडौँ आएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू गिरफ्तार हुन काठमाडौँ आएको बताएका हुन् ।
प्रसाईंले नयाँ मन्त्रिपरिषद् विस्तार भएसँगै नवनियुक्त मन्त्रीहरुले आफूलाई पक्राउ गर्ने अभिव्यक्ति दिएसँगै गिरफ्तार हुन काठमाडौँ आएको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै, उनले सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब ठगी गरेर फरार रहेका जिबी राईलाई पक्राउ गर्न समय दिए ७ दिनमा पक्राउ गरेर फिर्ता ल्याउने पनि बताएका छन् । ‘गृहमन्त्री बन्नुभएको रविजीलाई म के भन्न चाहन्छु भने जिबी राईलाई पक्राउ गर्न अनुमति दिनुस्, ७ दिनभित्र पक्राउ गरेर फिर्ता ल्याउँछु ।’, उनले भने, ‘मलाई समय दिए यस्ता ठगी र भ्रष्टाचारका फाइल प्रमाणसहित बुझाउँछु, तर फाइल खोल्ने आँट गर्नुस् ।’
त्यस्तै, उनले अहिले देशलाई भित्रभित्रै माफियाहरुले सखाप पार्न लागेको आरोप लगाउँदै सन् २०३० सम्म यो देश माफियाले लिइसक्ने पनि घोषणा गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्