काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीशहरु डा.कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले झापाको बिर्तामोडस्थित प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
प्रसाईंले दायर गरेको रिट निवेदन अनुसार नै आदेश जारी भएको भनिएपछि आदेशको पूर्णपाठ भने आईसकेको छैन ।
मेडिकल कलेज सञ्चालनका लागि आफूले सम्पूर्ण पूर्वाधार तयार गर्दा पनि सरकारले सम्बन्धन नदिएको भन्दै प्रसाईंले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । प्रसाईंको रिटमा काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका नियकालाई विपक्षी बनाइएको थियो ।
आदेशमा आवश्यक प्रक्रिया पूरा गरेर भए पनि प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई मेडिकल शिक्षा अध्यापनको अनुमति प्रदान गर्न भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्