काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले सहकारीमा डुबेको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन माग गरेका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा समक्ष निवेदन दिँदै पोखराका सूर्यदर्शन सहकारीका बचतकर्ताले सहकारीका डुबेको आफूहरुको बचत फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका हुन् ।
उनीहरुले सूर्यदर्शन सहकारीले १८ हजार ७ सय बचतकर्ताको करिब १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भए पनि विगत २ वर्षयता कसैले पनि फिर्ता नपाएको पीडितहरुले बताएका छन् ।
सहकारीबाट रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको ८ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जिबि राई) पक्राउ पर्न नसकेको भन्दै सहकारीका बचतकर्ताले जिबी राईलाई पक्राउ गरी कानूनी कार्वाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पीडितहरुले १९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दिएका थिए । जसमध्ये हालसम्म प्रहरीले १४ जनालाई मात्र पक्राउ गरेको छ । त्यस्तै, सहकारीका बचतकर्ताले गत माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालिन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी गरेका थिए ।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बुझाएको निवेदन बुझ्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले खतिवडाले सो निवेदन उपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्