×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय अराजकता नरोकिएसम्म कर्जा लगानी बढ्दैन: गभर्नर

PRIME CA

वित्तीय अराजकता नरोकिएसम्म कर्जा लगानी बढ्दैन: गभर्नर

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामाथिको अराजकता नरोकिए कर्जा प्रवाह नबढ्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्द गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भइरहेका अराजक गतिविधि तत्काल रोक्नुपर्नेमा पनि जोड दिएका छन् ।

एकपछि अर्को हुँदै बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधिले बैंकिङ क्षेत्रमा काम गर्नेहरुको मनोबल गिराएको गभर्नर अधिकारीले बताएका छन् । ‘बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका अराजक गतिविधिले बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने, बैंकबाट निस्किनेबित्तिकै कार्वाही गर्नेजस्ता समूहहरु देखिएका छन् ।’, उनले भने, ‘यस्ता अराजक समूह र गतिविधिका विषयमा सरकारसँग छलफल गरिरहेका छौँ । यो अराजकता रोकिएन भने कर्जा प्रवाह र माग बढ्न सक्दैन ।’

त्यस्तै, गभर्नर अधिकारीले राजनीतिक रुपमा व्यक्तिगत उद्धेश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको दाबी गरेका छन् ।

अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: