×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर पक्राउबारे गभर्नर- ‘साथी पक्राउ परे भन्दैमा अरु बैंकर आत्तिनुपर्दैन, निर्दोष भए छुट्छन्, दोषी भए सजाय भोग्छन्’

PRIME CA

बैंकर पक्राउबारे गभर्नर- ‘साथी पक्राउ परे भन्दैमा अरु बैंकर आत्तिनुपर्दैन, निर्दोष भए छुट्छन्, दोषी भए सजाय भोग्छन्’

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका कर्मचारी पक्राउ परेको विषयमा बैंकरहरु आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही साथीहरुलाई पक्राउ गर्यो भन्दैमा अरु बैंकर आतंकित हुनुनपर्ने बताएका हुन् ।

‘अहिले सीआईबीले सीईओहरुलाई पक्राउ गरेको छ । त्यसबारे राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर, प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । तर, यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ ।’, गभर्नर अधिकारीले भने, ‘प्रहरीसँगलको छलफलमा छानविनपछि नै पक्राउ गरिएको कुरा आयो । तर, बैंकर्सहरु आत्तिनु पर्दैन, सबैले छानविनमा सहयोग गर्न आवश्यक छ ।’

बैंकमा हुने अनियमितताका विषयमा राष्ट्र बैंकले अनुसन्धान र कार्वाही गर्ने बताउँदै गभर्नर अधिकारीले अहिले सहकारीको विषयमा बैंकरमाथि भइरहेको अनुसन्धानमा सबैले सहयोग गर्नुको विकल्प नभएको पनि उल्लेख गरेका छन् ।

साथै उनले पक्राउ परेका बंैकर्सहरु दोषी ठहर नभए बाहिर आउने र दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको बताएका छन् । ‘कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ ।’, उनले भने, ‘बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नुपर्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: