×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालका बैंक एशियामै सबैभन्दा सुरक्षित छन्, डराउनुपर्दैन’

PRIME CA

‘नेपालका बैंक एशियामै सबैभन्दा सुरक्षित छन्, डराउनुपर्दैन’

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै सबैभन्दा सुरक्षित र पारदर्शी रहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन् ।

तुलनात्मक रुपमा नेपालको बैंक तथा वित्तीय संस्था दक्षिण एशियामै सुरक्षित र पारदर्शी रहेको बताउँदै उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुपमा हेर्न सकिने बताएका छन् । ‘नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी छ । क्यापिटल इक्विटीलाई सुरक्षितको रुप हेर्न सकिन्छ ।’, उनले भने, ‘लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति छ । बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता छ । ६ खर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ ।

त्यस्तै, गभर्नर अधिकारीले पछिल्लो समय कर्जाको गुणस्तरमा भने कमी आएको बताएका छन् । हाल बैंकहरुको खराब कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उनले उल्लेख गरेका छन् ।

‘बैंकहरुको अर्को महत्वपूर्ण सूचक एनपीए कर्जाको गुणस्तर हो । जुन कर्जाको गुणस्तर अहिले खस्केको छ ।’, उनले भने, ‘बैंकहरुको खराब कर्जा ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढ््नुको मुख्य कारण समग्र बजारको अवस्था, अर्थतन्त्रमा सिथिलता, ऋणको आम्दानी क्षमतामा कमी आउनु र बजारमा आएका अनावश्यक हल्ला र अराजक अभिव्यक्ति हुन् ।’

त्यस्तै, उनले बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग सम्पत्ति रहेकाले डराउनु पर्ने अवस्था नभएको दाबी गरेका छन् । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेकोले अरु देशको सूचक हेर्दा नेपालका बैंकहरुको सूचक राम्रो रहेको उनले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: