काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
ठूलो लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृश्टान्त पेश गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई सो कुरामा सचेत गराएका छन् ।
उनले जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भन्ने कुरा मनन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराए । ‘त्यत्रो ठूलो लगानी गरेर हामीले मेलम्ची बनायौँ । एउटा बाढीले सबै सखाप पारिदियो । एउटा बैंकको लगानी त्यहाँ हुन्थ्यो भने बंैकको अवस्था के हुन्थ्यो ? त्यसले कति क्षति सृजना गर्थ्यो ?’, उनले भने, ‘त्यसैले बैंक, वित्तीय संस्थाले भोलिको दिनमा लगानी गर्दा ख्याल गर्नुपर्छ । यसबारे राष्ट्रबैंकले इन्भारोमेन्टल रिलेटेड रनिर्देशन पनि जारी गरेको छ ।’
त्यस्तै, गभर्नर अधिकारीले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन् । बैंक तथा वित्तिय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सवल ढंगले अघि बढाउन सकिने पनि अधिकारीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्