×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबदेखि निजामती कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने, सेयर कारोबार भने गर्न पाउने !

PRIME CA

अबदेखि निजामती कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने, सेयर कारोबार भने गर्न पाउने !

२२ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । निजामती कर्मचारीहरुले अबदेखि सेयर कारोबार गर्न पाउने भएका छन् । संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा यस्तो व्यवस्था गरिएको हो ।

विधेयकमा गरिएको व्यवस्थाअनुसार अबदेखि बहालवाला कर्मचारीहरुले आधारभूत सेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक सेयर खरिद गर्न सक्नेछन् । तर, बिना स्वीकृति कुनै पनि बैंक तथा वित्तीय संस्था वा सहकारी स्थापना गर्न तथा सञ्चालनको काममा भाग लिन र कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै पनि व्यापार-व्यवसाय भने गर्न पाउने छैनन् ।

त्यस्तै, निजामती कर्मचारीले लोकसेवा आयोगको कुनै पनि तयारी कक्षा पढाउन नपाउने व्यवस्था विधेयकमा गरिएको छ । यसअघि निजामती कर्मचारीहरुले लोकसेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रयोगात्मक परीक्षाको तयारी कक्षा पढाउँदै आएका थिए । तर, यो विधेयक लागू भएसँगै निजामती कर्मचारीहरुले लोकसेवाको तयारी कक्षा पढाउन पाउने छैनन् ।

त्यस्तै, कर्मचारीहरुलाई सरकारको आलोचना गर्न, बन्द, हड्ताल, अन्यत्र नोकरी गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशन गर्न, दान, उपचार चन्दा र सापटी लिन पनि विधयेकमा बन्देज गरिएको छ ।

योसँगै निजामती कर्मचारीहरुले सामाजिक सञ्जालमा हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा टीप्पणी गर्न पन नपाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: