Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्रीलाई प्रश्नः ‘सहकारी ठगीमा तपाईंको संलग्नता के हो ?’

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् । राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौँ रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुँचवाला नेता भए पनि छानविनको दायरामा आउनुपर्ने बताएका हुन्

उनले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नामसमेत जोडिएको उल्लेख गर्दै त्यसबारे पनि प्रश्न उठाएका छन् ।

‘समाचार माध्यममा आएअनुसार केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो ?’, उनले प्रश्न गरे, ‘रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाम मात्र मिलेको हो कि के हो ?’

त्यस्तै, सांसद बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने पनि बताएका छन् । त्यस्तै, उनले सुन तस्करी प्रकरण सम्बन्धी छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गर्न माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK