काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । आइतबार साम्पाङले पुनलाई अर्थमन्त्रालयमै भेटेका हुन् । भेटमा मेयर साम्पाङले पुनलाई अर्थमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् । साथै उनले धरानका समस्याबारे अर्थमन्त्रीलाई ब्रिफिङसमेत गरेका थिए ।
भेटकै क्रममा अर्थमन्त्री पुनले पनि आफू धरानको समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले धरानमा खानेपानीकै समस्याका कारण कतिपयले बसाइँसराई गर्ने गरेको सुनेको भन्दै स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजना बनाएको जानकारी गराएका छन् ।
‘धरानमा खानेपानीको समस्याबारे म जानकार छु ।’, अर्थमन्त्रीले भने, ‘बजेटमार्फत केही न केही समाधान खोज्नेछौँ, म तपाईंसँगै छु ।’
त्यस्तै, मेयर साम्पाङले अर्थमन्त्री पुनसँगको भेटमा अर्थमन्त्रीबारे आम सर्वसाधारणमा सकारात्मक धारणा रहेकोले आफू योजना माग्नका लागि आएको पनि उल्लेख गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्