×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसन्तपुरको होलीः बच्चादेखि वृद्ध र स्वदेशीदेखि विदेशीसम्मले लगाए रङ्ग, यसरी गरियो खुसी साटासाट… (फोटो-कथा)

PRIME CA

बसन्तपुरको होलीः बच्चादेखि वृद्ध र स्वदेशीदेखि विदेशीसम्मले लगाए रङ्ग, यसरी गरियो खुसी साटासाट… (फोटो-कथा)

११ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आइतबार देशभर रङ्गहरुको पर्व होली (फागु पूर्णिमा) धुमधामका साथ मनाइएको छ । खासगरी आइतबार देशका हिमाली र पहाडी क्षेत्रमा होलीको रौनक खास छ ।

यसैबीच काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा परिचित बसन्तपुरमा होली मनाउनेहरुको खास चहलपहल छ । यसो त आइतबार काठमाडौँको दरबारमार्ग, खुलामञ्च, भृकुटीमण्डप, पाटन दरबार लगायतका क्षेत्रमा होलीको उत्साह व्यापक छ । अझ हरेक वर्षझैँ यसवर्ष पनि बसन्तपुरमा चीरमा पूजा गरेर, एकअर्कामा रङ्ग दलेर खुसीयाली साटासाट गरिएको छ ।

र बसन्तपुरमा होली खेल्न उपस्थित बालबालिका, युवायुवतीहरुले एकआपसमा रङ्ग लगाएर खुसीयाली साटासाट गरेका छन् । आइतबार बसन्तपुरमा स्वदेशी मात्रै नभएर विदेशी पर्यटकहरुले पनि होली पर्व हर्षोल्लाहसका साथ मनाएका छन् । र असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि मानिने उक्त पर्वको उत्सवलाई हामीले तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: