×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा ५७ लाख परिवारको आफ्नै घर, ८ लाख परिवार भाडामा

PRIME CA

नेपालमा ५७ लाख परिवारको आफ्नै घर, ८ लाख परिवार भाडामा

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालमा ८ लाख परिवार भाडामा बस्दै आएको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आवासीय घर र घरायसी सुविधासम्बन्धी विश्लेषण अनुसार ८ लाख ५० हजार ५ सय ६२ परिवार भाडामा बस्दै आएको पाइएको हो । जुन कुल परिवार संख्याको १२.८ प्रतिशत हो ।

त्यस्तै, राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ५७ लाख २८ हजार ५ सय ८६ परिवार (८६ प्रतिशत) को भने आफ्नै घर रहेको पाइएको छ  ।

त्यस्तै, हाल नेपालमा ३६ हजार ८ सय ९ परिवार संस्थागत घरमा (सेना, प्रहरी, कारागार, आश्रम आदि) र बाँकी ४४ हजार ८ सय ८४ परिवार अन्य (स्वामित्व नखुलेको) घरमा बस्दै आएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पछिल्ला वर्षहरुमा परिवार संख्या बढ्दै गए पनि आफ्नै स्वामित्वको घर रहेको संख्या भने निरन्तर घट्दै गइरहेको देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: