Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँका ‘फाइभ स्टार’ होटलहरुले नै गुणस्तरहीन खाना खुवाउने गरेको खुलासा, कार्वाहीमा परेपछि खुल्यो यस्तो पोल

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका ‘फाइभ स्टार’ होटलहरुले नै गुणस्तरहीन खाना खुवाउने गरेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

उपत्यका केन्द्रित रहेर विभागले तारे होटलहरुमा गरेको अनुगमनका क्रममा विभिन्न १६ वटा होटलहरुले गुणस्तरहीन खाना खुवाउने गरेको भेटिएको विभागले जनाएको छ । विभागका अनुसार ‘फाइभ स्टार’ भनिएका होटलहरुलेसमेत खानामा अखाद्य वस्तु प्रयोग गरेर खुवाउने गरेको फेला परेको छ ।

अनुगमनका क्रममा ती होटलहरुले खाजा र खाना बनाउन म्याद सकिएको र गुणस्तरहीन खाने तेल, मसाला र अन्य वस्तुहरु प्रयोग गर्ने गरेको भेटिएको अनुगमनमा सहभागी एक सदस्यले बताएका छन् ।

ती होटलबाट म्याद नाघेका वस्तु र कच्चा पदार्थ बरामद गरी नष्ट गरेको विभागले जनाएको छ । गुणस्तरका नाममा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरी गुणस्तरहीन खाना खुवाउने गरेको पाइएपछि विभागले १६ वटा तारे होटललाई ३ ३ लाख रुपैयाँ जरिवानासमेत तिराएको छ । विभागले कार्वाहीमा पर्ने होटलहरुको नाम भने सार्वजनिक गरेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK