Skip to content
LAXMI SUNRISE BANK

तथ्याङ्कमै छेडखानी गरेको रिलायन्सको आईपीओ धितोपत्र बोर्डले रोक्यो, नेपाल विद्युत प्राधिकरणको पत्र मुख्य कारण !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्राथामिक सयर (आईपीओ) निष्कासन रोकेको छ । तथ्यांकमै छेडखानी गरेर सर्वसाधारणलाई झुक्याउन खोजेको कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको आईपीओ बोर्डले रोकेको हो । कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि सेयर निष्कासन गरिसकेको छ ।

त्यसपछि प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली र सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरे पनि बोर्डले कम्पनीको आईपीओ रोकेको हो ।

कम्पनीको आईपीओ रोकिनुको मुख्य कारण भने नेपाल विद्युत् प्राधिकरणको पत्र बनेको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । कम्पनीले विद्युत प्रयोग गरेबापतको बक्यौता नै नतिरी आईपीओ निष्कासनको तयारी गरेकोले बक्यौता भुक्तानी नगर्दासम्म आईपीओको अनुमति नदिन भन्दै प्राधिकरणले गत पुष २५ गते पठाएको पत्रका आधारमा रिलायन्सको आईपीओ रोकिएको ती अधिकारीको भनाई छ ।

‘विद्युत प्राधिकरणबाट प्राप्त पत्रका आधारमा कम्पनीको आईपीओ रोकिएको छ । प्राधिकरणको पत्रमा रिलायन्स स्पिनिङ मिल्सले विद्युत महसुलबापत १ अर्ब ९४ करोड २६ लाख ९२ हजार ९३३ रुपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती अधिकारीले भने, ‘तर, कम्पनीले विवरण पत्रमा उक्त रकम तिर्नुपर्ने उल्लेख गरेको छैन । सोही कारण उक्त बक्यौतासहितको अद्यावधिक विवरण प्राप्त नभएसम्म आईपीओ रोकिने भएको छ ।’

यसो त रिलायन्स स्पिनिङ मिल्सले यसअघि नै संस्थापक लगानीकर्तालाई ४० प्रतिशत सेयर बिक्री गरिसकेको छ । तर, दोस्रो चरणको आईपीओ निष्कासनका लागि बोर्डले कम्पनीलाई अनुमति दिएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK