×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानको अर्थतन्त्र बन्यो विश्वकै चौथो ठूलो अर्थतन्त्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जापानको अर्थतन्त्र बन्यो विश्वकै चौथो ठूलो अर्थतन्त्र

Artha Sarokar

२८ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जापानको अर्थतन्त्र विश्वकै चौथो ठूलो अर्थतन्त्र बनेको छ । जापानको अर्थतन्त्रमा देखिएको वार्षिक ०.४ प्रतिशत वृद्धिसँगै जापानको अर्थतन्त्र विश्वकै चौथो ठूलो अर्थतन्त्र बनेको हो ।

योसँगै जापानमा उद्योग, करकारखाना र मेसिनरी प्रविधिमा कम्पनीहरुले गरेको लगानीका कारण देखिएको प्राविधिक आर्थिक मन्दी टरेको अर्थविद्हरुले बताएका छन् । जापानको चौथो त्रैमासको रिपोर्टअनुसार हाल जापानको जिडीपी ०.१ प्रतिशतले बढेको देखिएको छ । नकारात्मक ब्याजदरलाई घटाउने जापानको केन्द्रीय बैंकको अपेक्षासँगै अर्थतन्त्रमा सुधार देखिन गएको हो ।

यद्यपी अक्टोबर–डिसेम्बरमा जापानको निजी उपभोग भने ०.३ प्रतिशतले घटेको छ । जापानको निजी उपभोगले अर्थतन्त्रको ६० प्रतिशत हिस्सा ओगटेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी