×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्यो खजानाको कथा र सेयर बजार

अर्थ सरोकार

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार

PRIME CA

त्यो खजानाको कथा र सेयर बजार

यो सन् १५१९ को सत्य घटना हो । मेक्सिकोको एउटा सहरमा ठुलो खजाना रहेको संसारभरि चर्चा हुन्छ । त्यो खजाना यति धेरै हुन्छ कि, सबै देशले यसलाई कसरी प्राप्त गर्ने सपना देख्छन् । त्यहाँको सिपाहीहरु धेरै नै बहादुर र हातहतियारले सुसज्जित भएका कारण कसैले पनि हराउन सकेका थिएनन ।

एकदिन स्पेनका बहादुर योद्धा Hernan Cortes ले पनि त्यो सपना देख्छन । उनी ११ वटा डुंगा ५०० सिपाही र १०० चालक र त्यतिकै घोडा लिएर समुन्द्र यात्रा गर्दै मेक्सिकोतर्फ हानिन्छन ।
Hernan Cortes लाई यो पनि थाहा थियो कि उनीसँग भएको यो हातहतियार र सैनिकले मात्र त्यो खजाना लुट्न सकिन्न ।  त्यसैले, यात्राको क्रममा आफ्नो फौजीलाई Motivation को लागि लुटेको खजानामा तिमीहरुको पनि उतिकै हक लाग्ने कुरा सुनाउछन ।
यो भन्दा बिशाल फौज र हातहतियार लिएर लडेकाहरुले पनि समेत हराउन नसकेको युद्ध हामीले हराउन के सकिएला र भन्ने धेरैलाई शंका थियो । तर, Hernan Cortes बाटोभरि हौसला दिँदै नै रहे । र, खजानाको सपना बाँडीनै रहे ।
केहि सिपाहीले भने यदि यो लडाई नजित्ने जस्तो देखियो भने तुरुन्त यहिँ डुंगामा सकुसल फर्किने र फेरी राम्रो तयारीकासाथ आएर लड्नु पर्ने सुझाव दिए । लामो समुन्द्र यात्रापछि मेक्सिकोको एउटा तटमा सबै डुंगा रोकिन्छ ।  सबैजना डुंगाबाट उत्रिन्छन । हमलाको लागि सबै लाई तयारी हुन आदेश दिइन्छ ।
युद्दमा जानु ठिक अगाडी Hernan Cortes ले अन्तिम भाषणको लागि सबैलाई बोलाउछन र आदेश दिन्छन- ‘हामी जुन डुंगामा आएका थियौ त्यो सबै ११ डुंगाहरुमा आगो लगाइदिनू’
पहिलो आगो उनी आफैँले लगाउँछन्, बाँकीमा सिपाहीहरुले ।  हेर्दाहेर्दै सबै जलेर नष्ट हुन्छ ।
Hernan Cortes यहाँ लड्न मात्र आएका थिएनन् जित्नैको लागि आएका थिए । जितबाहेक अर्को दोस्रो बिकल्प बाँकी राख्न नै चाहेनन् ।
अब उनीहरुसँग एउटै मात्र विकल्प थियो – कि मर, कि दुश्मनलाई मारेर उनीहरुको डुंगामा खजाना सहित घर फर्क ।
त्यो बेला सिपाहीहरुले केवल जित्नको लागि मात्र लडे र हजारौँ सिपाहीहरुलाई मारेर त्यो युद्ध जितेर नै छोडे ।  Hernan Cortes सहित आधा भन्दा धेरै सिपाहीहरु दुश्मनकै डुंगामा खजाना भरेर घर फर्किन पनि सफल भए ।
जसले Hernan Cortes लाई हारीयाला जस्तो देखिए भागेर फर्किनु पर्ने बिकल्प दिएका थिए, उनीहरु कोहि पनि बाचेनन ।
वास्तवमा तिनीहरु सबै युद्ध लड्नु अगाडी नै एक किसिमले मरिसकेका थिए । तिनीहरुले बिकल्प देखेका थिए । र,  त्यहि विकल्पले उनीहरुको ज्यान लियो ।
जसले जिते उनीहरुसँग आश बाहेक अर्को दोस्रो बिकल्प केहि पनि थिएन ।
सेयर बजार पनि यस्तै हो । जहाँ दोस्रो बिकल्प रहन्छ त्यहाँ जित्ने सम्भावना कम रहन्छ ।  ति जित्ने सिपाहीहरुको जस्तै एउटा मात्र बिकल्प हुनुपर्छ- आशा ।
जितको लागि आफ्ना वरपरका यस्ता डुंगा र पुललाई भत्काउन पनि सक्नुपर्छ । जसले भाग्ने बिकल्प दिन्छ ।
त्यैसले सेयर बजारका बादशाह वारेन बफेटको यो भनाई ले पनि यहि कुरा प्रष्ट गर्छ कि संसार जित्नेहरुसंग Plan B कहिले पनि थिएन !
Rule No. 1: Never lose money.
Rule No. 2: Never forget Rule No. 1
युद्ध होस् वा बजार, दुवै जित्नको लागि हाम्रो Strategy फरक फरक हुन सक्लान्, समय अनुसार परिवर्तन पनि होलान् । तर, यहाँबाट भागेर जाने विकल्प कहिले पनि हुन सक्दैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: