Skip to content
LAXMI SUNRISE BANK

महानगरभित्र विद्यालयको नाम अंग्रेजीमा राख्न नपाइने, राखेको भए परिवर्तन गर्न १ महिने ‘अल्टिमेटम’ !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ । एक सूचना जारी गर्दै महानगरले महानगरभित्रका सबै निजी विद्यालयहरुको नाम नेपालीमा राख्न निर्देशन दिएको हो ।

महानगरको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शिक्षा विभागमा निवेदन पेश गर्न सबै विद्यालयलाई विभागले आग्रह गरेको छ । योसँगै अब अंग्रेजी नाम भएका निजी विद्यालयहरुले एक महिनाभित्र विद्यालयको नाम परिवर्तन गर्नुपर्नेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK