×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर एक दिनमै खेर फालिन्छ एक अर्ब डलरको खाना !

PRIME CA

विश्वभर एक दिनमै खेर फालिन्छ एक अर्ब डलरको खाना !

अर्थ सरोकार

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार

काठमाडौँ । विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघको फुड वेस्ट इन्डेक्स रिपोर्टका अनुसार एक दिनमै विश्वभरका परिवारले एक अर्ब डलरको खाना खेर फाल्ने गरेको पाइएको हो । यसलाई संयुक्त राष्ट्रसंघले ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।

राष्ट्रसंघका अनुसार हाल विश्वभर करिब ८० करोड मानिस भोकै बस्ने गरेका छन् । यहीबेला विश्वभर दिनमै एक अर्ब डलरको खाना खेर गएको छ भने १० खर्ब डलरभन्दा धेरै मूल्य बराबरका खाना थन्काएर राखिएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको रिपोर्टअनुसार सन् २०२२ मा मात्रै बजारमा उपलब्ध सबै उत्पादनहरुको करिब २० प्रतिशत (एक अर्ब टनभन्दा धेरै) खाना खेर फालिएको छ । यसरी खाना खेर फाल्दा पृथ्वीको पर्यावरणीय अवस्थामा पनि असर गर्ने राष्ट्रसंघले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: