×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशी भन्दा नेपाली पर्यटक खर्चिला, ७ महिनामा नेपालीले विदेशमा १ खर्ब खर्च गर्दा विदेशीको नेपाल खर्च ४५ अर्ब !

PRIME CA

विदेशी भन्दा नेपाली पर्यटक खर्चिला, ७ महिनामा नेपालीले विदेशमा १ खर्ब खर्च गर्दा विदेशीको नेपाल खर्च ४५ अर्ब !

२७ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपाली विद्यार्थीले विदेशमा १ खर्ब बढी रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघसम्म नेपाली विद्यार्थीले शिक्षा भ्रमणका लागि भन्दै विदेशमा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरेका हुन् ।

जसमध्ये ६६ अर्ब ६४ करोड रुपैयाँ शिक्षामा खर्च भएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा नेपालीहरुले शिक्षामा ४३ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

त्यस्तै, चालु आर्थिक वर्षको सोही अवधिमा विदेशी पर्यटकले नेपालका गरेको खर्च भने ४५ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.५ प्रतिशत धरै हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: