×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशतले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशतले घट्यो

Artha Sarokar

२९ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दक्षिण कोरियामा बेरोजगारी दर घटेको छ । अघिल्लो वर्षको तुलनामा दक्षिण कोरियाकामा बेरोजगारी दर १३.३ प्रतिशतले घटेको हो । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरुमा काम मागको कारण बेरोजागरी दर दोहोरो अंकमा झरेको दक्षिण कोरियाको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

श्रम मन्त्रालयका अनुसार फेब्रुअरीमा रोजगारी खोज्ने नयाँ आवेदकहरूको संख्या ९३ हजार २०० पुगेको छ । जनवरीमा बेरोजगारी दरमा एक अंकको वृद्धि भए पनि फेब्रुअरीमा भने पुनः तल झरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यद्यपि गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ । हाल दक्षिण कोरियामा फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको पनि मन्त्रालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी