×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाशिवरात्री पर्व : कोटेश्वरको महादेवस्थान मन्दिरमा पनि भक्तजनको घुइँचो…(फोटो-कथा)

PRIME CA

महाशिवरात्री पर्व : कोटेश्वरको महादेवस्थान मन्दिरमा पनि भक्तजनको घुइँचो…(फोटो-कथा)

२५ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आज महाशिवरात्रि पर्व, बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । सोही क्रममा काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पनि भक्तजनहरुको घुइँचो लागेको हो ।

आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । त्यसकारण पनि आज विहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुईचो लागेको छ ।

महाशिवरात्रिका दिन आजका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास पनि रहेको छ । यस्तै आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा आगो बालेर भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।बाँकी तस्बिरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: