काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई संबादमा आउन आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले नेपाली कांग्रेसलाई देशका समस्या कसरी समाधान गर्ने विषयमा कुरा गर्न आग्रह गरेको बताए ।
‘प्रधानमन्त्री जो सुकै होस्, यो देशमा केहि गरौँ न।’ उनले भने ‘मैले नेपाली कांग्रेसलाई पनि भने यो देशका समस्या सहि ढंगले समाधान गर्न कुरा गरौँ ।’
पछिल्लो तीन वर्ष आफूले पटक-पटक कुरा गर्न खोज्दा कांग्रेसले नसुनेको उनले बताए । ओली भने, ‘वर्णाश्रम व्यवस्थामा पानि चल्दैन,के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन ।’
कांग्रेस सभापति शेरबहादुर देउवा हिजो सत्तापक्षमा रहेको र आज आफू रहेको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, शेरबहादुरजीलाई । बसौं, कुरा गरौं न, छलफल गरौँ । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन ।’
देश समस्यामा भएको भन्दै उनले नेपाली कांग्रेसलाई छलफलमा आउन अनुरोध गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्