×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकको जागिर खान ५० हजार आवेदन, ३५ हजारले परिक्षा दिनै पाएनन्, ‘आफ्नालाई मात्र जागिर खुवाउने टेक्निक !’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कृषि बिकास बैंकको जागिर खान ५० हजार आवेदन, ३५ हजारले परिक्षा दिनै पाएनन्, ‘आफ्नालाई मात्र जागिर खुवाउने टेक्निक !’

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि बिकास बैंकले सहायकस्तरमा कर्मचारी माग गरेकोमा ५० हजारभन्दा बढीले आवेदन दिएका छन् । बैंकले देशभरबाट आवेदन बुझ्दा यति धेरैको आवेदन परेको हो । तर बैंकले लिएको गलत नीतिका कारण बैंकको परिक्षामा ३० प्रतिशत हाराहारीले मात्र परिक्षा दिएका छन् ।
‘३५ हजारले परिक्षा दिनै पाएनन्’
तर, देशभरबाट आवेदन मागेको बैंकले परिक्षा भने काठमाडौँमा मात्र गर्ने निर्णय गरेर आवेदकमाथि नै अन्याय गरेको छ । बैंकको यो निर्णयबाट देशभरका ३५ हजार परीक्षार्थी नै परिक्षाबाट बन्चित भए । बैंकका गुनासो सुनुवाई अधिकृत हिरा आलेले बैंकमा आवेदन दिएकामध्ये ३० प्रतिशतले पनि परिक्षा दिएको पुष्टी गरे । उनका अनुसार सोचेभन्दा कमले परिक्षा दिएका छन् । प्रदेशबाट आवेदन दिएकाहरु काठमाडौँ आउन सक्ने अवस्था नभएपछि उनीहरुले परिक्षा दिन नपाएका हुन् ।’
यता कृषि बिकास बैंककै कर्मचारी पनि बैंकको गलत नीति र सीइओको गलत निर्देशनका कारण परीक्षार्थी कम भएको तर्क गर्छन् । ‘यो आफ्नालाई मात्र जागिर खुवाउने सीइओको टेक्निक हो । सूदूरपश्चिमबाट काठमाडौँ गएर, बसेर, परिक्षा दिएर सूदूरपश्चिम आउँदा १५ हजार बढी खर्च हुन्छ । अनि को जान्छ काठमाडौँ ?’ सूदूरपश्चिम प्रदेशमा कृषि बिकास बैंकमै कार्यरत कर्मचारी भन्छन्- ‘मेरै भाई काठमाडौँ जाने अवस्था रहेन । यो सरासर अन्याय हो ।’
लोकसेवा आयोगको प्रचलित व्यवस्था अनुसार पनि प्रदेशस्तरमा आवेदन लिएपछि प्रदेशमै परिक्षा गर्नुपर्ने नियम छ । तर बैंकका गुनासो सुनुवाई अधिकृत आले आफुहरुलाई सो ऐन आकर्षित नहुने र कृषि बिकास बैंकको पदपूर्ति विभागले नै परिक्षा लिएर मान्छे राख्न पाउने दाबी गर्छन् । सोहि ऐन आकर्षित नहुने भएकाले नै काठमाडौँ वरपरका आफ्ना मान्छेहरुलाई मात्र जागिर खुवाउनेगरी बैंकले ‘बदनियत नै बोकेर’ काठमाडौँमा मात्र सेन्टर राखेको आरोप स्वयम् बैंकरहरुले नै लगाएका छन् ।
यता बैंकका सीइओमाथि लागेको आरोपबारे बुझ्न उनलाई सम्पर्क गर्दा बैंकका सीइओ गोबिन्द गुरुङले फोन नै काटिदिए । बैंकका सीइओले बदनियत राखेर काठमाडौँमा मात्र सेन्टर राखेको भन्दै सो परिक्षा रद्ध गर्न माग गर्दै बैंकका केहि कर्मचारीहरुले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक लगायतमा उजुरी दिँदैछन् । सो उजुरीमा बैंकका सीइओ गुरुङ र पदपूर्ति समितिका सदस्यहरुलाई प्रतिवादी बनाएर उनीहरुमाथि आवश्यक छानविनको माग समेत राखिने बैंकका कर्मचारीहरुले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: