×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वअर्थमन्त्री महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

पूर्वअर्थमन्त्री महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । पूर्वअर्थमन्त्री कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएपछि महरालाई सोमबार बिहान कपिलवस्तुबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सुन तस्करी प्रकरणबारे छानबिन गर्न बनेको सुन समितिले महरामाथि मुद्दा चलाउन सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

सुन समितिले भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएपछि मुद्दा चलाउन सिफारिस गरेको हो ।

भातै छोडेर भारत भाग्दै थिए महरा, प्रहरीले पिछा गरेर यसरी समात्यो
प्रहरीका अनुसार उनी भित्री बाटो हुँदै भारत भाग्न खोज्दै थिए । प्रहरीले पिछा गरिरहेको जानकारी पाएपछि महरा विहानको खाना छाडेर हिँडेका थिए । यस विषयमा जानकार प्रहरीले उनलाई पक्राउ गरेको थियो । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गर्ने विषयमा यसअघि नै प्रचण्डलेसमेत ग्रिन सिग्नल दिईसकेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: