×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वअर्थमन्त्री कृष्ण महरालाई हाजिरी जमानीमा छोड्ने तयारी !

PRIME CA

पूर्वअर्थमन्त्री कृष्ण महरालाई हाजिरी जमानीमा छोड्ने तयारी !

९ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोड्ने तयारी गरिएको छ । इलेक्ट्रोनिक चुरोट (भेप)मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणमा नाम मुछिएपछि पक्राउ परेका महरालाई हाजिरी जमानीमा छोड्ने तयारी रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

गत सोमबार (चैत ५ गते) कपिल्वस्तुबाट पक्राउ परेका महरालाई विभिन्न रोगको बिरामी भएको भन्दै उनलाई हाजिरी जमानीमा छोड्ने तयारी गरिएको बुझिएको छ ।

सुन तस्करीमा मुख्य नाइके दाओजिन वाङसँग कनेक्सन देखिएपछि महरालाई पक्राउ गरिएको थियो । उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा महराले आफू युरिक एसिड, प्रोस्टेट तथा टिबीको बिरामी भएको उल्लेख गरेका थिए । सोही अनुसार महरालाई हाजिरी जमानीमा छोड्ने तयारी गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सरकारी वकिलको कार्यालय दुवैले महरासँग बयान सकाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: