×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँसँग महराको कनेक्सन एक दशक पूरानो, पटक-पटक मन्त्री हुँदा सुन तस्करलाई सघाएको खुलासा !

अर्थ सरोकार

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार

PRIME CA

चिनियाँसँग महराको कनेक्सन एक दशक पूरानो, पटक-पटक मन्त्री हुँदा सुन तस्करलाई सघाएको खुलासा !

काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महराको चिनियाँ गिरोहसँगको तस्करीमा पटकपटक केनक्सन रहेको पाइएको छ । इलेक्ट्रोनिक चुरोट (भेप)मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा रिहा भएका महराले अर्थमन्त्री, सभामुख, परराष्ट्र मन्त्री एवम् गृहमन्त्री हुँदा चिनियाँ गिरोहसँग मिलेर सुन तस्करीमा सहयोग गरेको खुलासा भएको हो ।

यसो त महराले सुन तस्करीका नाइके दावाजिन वाङसँग आफ्नो पारिवारिक सम्बन्ध रहेकोसमेत स्वीकारेका छन् ।

सुन तस्करी प्रकरणबारे छानबिन गर्ने बनेको जाँचबुझ आयोगले पनि महराले भेपमार्फत गरिएको सुन तस्करीमा मात्र नभई पटकपटक अन्य समयमा पनि चिनियाँ गिरोहलाई सहयोग गर्दै आएको ठहर गरेको छ । स्रोतका अनुसार महराले काठमाडौँमा चिनियाँ गिरोहसँगको तस्करीमा ‘व्यवस्थापकीय’को भूमिका निर्वाह गर्दै आएका थिए ।

महरालाई प्रहरीले गत सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा महराका कान्छा छोरा राहुल महरा पुर्पक्षका लागि कारागारमा छन् भने तस्करीका नाइके चिनियाँ नागरिक वाङ फरार छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: