×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलआईसीका कर्मचारीहरुको तलब १७ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एलआईसीका कर्मचारीहरुको तलब १७ प्रतिशतले बढ्यो

Artha Sarokar

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय बीमा कम्पनी एलआईसीले कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सन् २०२२ अगस्टदेखि मान्य हुनेगरी कर्मचारीहरुको तलब वृद्धि गरेको हो । योसँगै अब एलआईसीका कर्मचारीहरुले आगामी महिनादेखि वृद्धि भएको तलब पाउनेछन् ।

तलब वृद्धि गर्ने कम्पनीको प्रस्तावलाई भारतको केन्द्र सरकारले अनुमति प्रदान गरेसँगै अब कम्पनीलाई वार्षिक ४ हजार करोड भारतीय रुपैयाँ आर्थिक भार पर्नेछ ।

त्यस्तै, सन् २०१० अप्रिल १ देखि नियुक्त भएका २४ हजार कर्मचारीहरुको राष्ट्रिय पेन्सन प्रणालीमा योगदान १० प्रतिशतबाट १४ प्रतिशत पुगिसकेको छ । साथै सरकारले पारिवारिक पेन्सनकर्ताहरुको मात्रा बढाएको र यसबाट २१ हजारभन्दा बढी पेन्सनमा आश्रित परिवार लाभान्वित भएको कम्पनीले जनाएको छ । यसले एलआईसीसँग जोडिएका कर्मचारी तथा पेन्सनकर्तामा सकारात्मक प्रवाभ पर्ने कम्पनीले विश्वास गरेको छ ।

त्यस्तै, कम्पनीले भविष्यमा नयाँ पुस्ताका लागि एलआईसीलाई आकर्षक रोजगार केन्द्र बनाउने लक्ष्यसमेत लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी