काठमाडौँ । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिना (साउनदेखि फागुनसम्म)मा नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमध्ये ११ अर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक ऋण हो भने १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा नेपालको सार्वजनिक ऋण १ अर्ब ४९ करोड रुपैयाँले बढेको छ । त्यस्तै, फागुन महिनामा नेपालले आन्तरिक ऋणतर्फ १६ अर्ब ५३ करोड रुपैयाँ र ३ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ ।
यही अवधिमा नेपालले आन्तरिक रुपमा १३ अर्ब र १ अर्ब ८६ करोड बाह्य ऋण गरी कुल १४ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ ।
नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेसँगै प्रत्येक नेपालीको भागमा ८१ हजार ८ सय ८९ रुपैयाँ पुगेको छ । यस्तो प्रतिव्यक्ति ऋण नेपालको कुल सार्वजनिक ऋणलाई २०७८ सालको कुल जनसंख्याले भाग गरेर निकालिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्