×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रिकभरीमा उग्र समस्या आएपछि’ महालक्ष्मी बिकास बैंकले ल्यायो साक्षरता भिडियो, भिडियोबारे बैंकको सफेद झुट !

PRIME CA

‘रिकभरीमा उग्र समस्या आएपछि’ महालक्ष्मी बिकास बैंकले ल्यायो साक्षरता भिडियो, भिडियोबारे बैंकको सफेद झुट !

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ‘रिकभरीमा उग्र समस्या आएपछि’ महालक्ष्मी बिकास बैंकले ऋण असुली सचेतनाका नाममा भिडियो सार्वजनिक गरेको छ । ‘एमएलबिएल लोन रिकभरी अवेरनेस’ नाम दिएर बैंकले सो भिडियो बैंककै युट्युब च्यानलमा अपलोड गरिएको छ । सो भिडियोमा बैंकबाट कर्जा लिँदा थुप्रै सम्भावनाहरु खुल्ने भए पनि जिम्मेवारीहरु पनि व्यहोर्नुपर्ने उल्लेख छ । बैंकबाट लिएको ऋणको सहि सदुपयोग गर्नुपर्ने आवाज पनि भिडियोमा उल्लेख गरिएको छ ।

पछिल्लो समय बैंकको रिकभरीमा निकै समस्या आएपछि बैंकले यस्ता भिडियो सामाग्री बनाएर ऋणीलाई सचेत गराउने घुमाउरो प्रयास गरेको हो ।
यता बैंकले भिडियोको बारेमा भने सफेद झुट बोलेको छ । बैंकका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख बसन्त बास्कीले यो बैंकिङ क्षेत्रकै पहिलो एनिमेटेड वित्तीय साक्षरताको भिडियो भएको दाबी गरेका छन् । जवकि यसअघि नै विभिन्न बैंकहरुले यस्ता आधा दर्जन बढी एनिमेटेड भिडियोहरु बनाईसकेका छन् ।
हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: