काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
माओवादीका उपाध्यक्षसमेत रहेका महरालाई आयोगले यसअघि यो प्रकरणमा बयान लिएको थियो । उनका छोरा राहुल महरासमेत सुन तस्करी प्रकरणमा यसअघि नै थुनामा छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार सो प्रतिवेदन बुझेका थिए ।