काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेका छन् । केहि समय आगाडी प्रधानमन्त्रीले कार्यक्षमतामा कमजोर भएका मन्त्रीहरु हटाउने जनाएका थिए ।
उनले आफु प्रधानमन्त्री भएको एक बर्ष पुरा भएपछि मन्त्रिमण्डल परिवर्तन गर्ने योजना बनाएका थिए । तर, सत्तासाझेदार नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचन र कांग्रेसको महासमिति बैठकभन्दा अगाडि मन्त्रिमण्डल परिवर्तन गर्न असमति जनाएपछि सो योजना रोकिएको थियो । अव भने राष्ट्रिय सभाको निर्वाचन र कांग्रेस महासमिति बैठक सम्पन्न भईसकेको हुँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने जनाएका हुन् ।
यता, कुन-कुन मन्त्रिहरु परिवर्तन हुँदैछन् भन्ने प्रश्न उठिरहेको छ । केहिसमय अघिदेखि प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका विपक्षी दलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गरिरहेको छ ।
मन्त्रिमण्डल परिवर्तन भए प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय आफ्नो भागमा राख्दै गृह मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेको बुझिएको छ । यस्तै जनमत पार्टीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सट्टा कृषि मन्त्रालय वा उद्योग मन्त्रालय दिन माग गरेको छ ।
यता, समाजवादीले समेत कृषि मन्त्रालयभन्दा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउनु पर्ने माग गरेको छ ।
हाल २५ सदस्यीय मन्त्रिमण्डलमा माओवादीबाट प्रधानमन्त्रीसहित ६ जना, नेपाली कांग्रेसबाट ९ जना, एकीकृत समाजवादीबाट ३ जना, जनता समाजवादी पार्टीबाट ३ जना, जनमत पार्टीबाट १, नागरिक उन्मुक्ति पार्टीबाट १, नेपाल समाजवादी पार्टीबाट १ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री छन् ।
माओवादीले प्रधानमन्त्रीसहित, गृह, उर्जा जलस्रोत तथा सिचाईं, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लिएको छ । माओवादीबाट १ जना राज्य मन्त्री छन् । यस्तै, नेपाली कांग्रेसले रक्षा सहित परराष्ट्र, अर्थ, कानुन न्याय तथा संसदीय मामिला, सहरी विकास, युवा तथा खेलकुद, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिएको थियो ।
एकीकृत समाजवादीले कृषि तथा पशुपंक्षी विकास र भौतिक पूर्वाधार तथा यातायात लिएको छ । समाजवादीको तर्फबाट १ जना राज्यमन्त्री छन् । यस्तै जनता समाजवादी पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि र वन तथा वातावरण मन्त्रालय लिएको छ । समाजवादीबाट एक जना राज्य मन्त्री छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जनमत पार्टीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल समाजवादी पार्टीले खानेपानी मन्त्रालय लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्