काठमाडौँ । महोत्तरीमा २० वर्षपछि बिहे गर्नेलाई सरकारले विवाह खर्च दिने भएको छ । महोत्तरीको बर्दिबास नगरपालिकाले उमेर (२० वर्ष) पुगेपछि विवाह गर्ने मुसहर जाति समुदायका दम्पत्तीलाई ५० हजार रुपैयाँ रकम उपलब्ध गराउने भएको हो ।
बर्दिबास नगरपालिका–१४ स्थित नमुना मुसहर बस्तीका १०८ जनाले लघुजीवन बीमा गराएपछि प्रोत्साहस्वरुप उक्त रकम घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको यस्तो घोषणासँगै मुसहर समुदायमा २० वर्ष पूरा भएर विवाह गर्ने दम्पत्तीलाई नगरपालिकाले प्रोत्साहनस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ । उक्त प्रोत्साहन रकमले नगर क्षेत्रभित्र बालविवाह रोक्नका साथै परिवारको स्वास्थ्यमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । नगरपालिकाका अनुसार कम उमेरमै विवाह गर्दा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि यस्तो योजना ल्याइएको हो ।
त्यस्तै, १८ देखि ६९ वर्ष उमेर समूहका मुसहरहरूको तीन वर्षे लघुजीवन बीमाबापत एक लाख १९ हजार तीन सय ४५ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ । बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ । यसरी लघुजीवन बीमा गर्ने बीमितले तीन वर्षपछि भवितव्य पर्दा एक लाख रुपैयाँ नगद पाउने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्