काठमाडौँ । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको मारुती सिमेन्टले आईपीओ मूल्यमै छेडखानी गरेको पाइएको छ । आईपीओ निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदा र बोर्डले सार्वजनिक गरेको आईपीओ निष्कासनको पाइपलाईनमा रहेका कम्पनीहरुको सूचीमा आईपीओ मूल्य फरक परेपछि मारुती सिमेन्टको आईपीओ मूल्यमा छेडखानी भएको खुलासा भएको हो ।
मारुती सिमेन्टले गत पुष २६ गते प्रियिममा आईपीओ जारी गर्न अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
त्यसपछि बोर्डले गत माघ १२ गते आईपीओको पाइपलाईनमा रहेका कम्पनीहरुको सुची सार्वजनिक गरेको थियो । जहाँ मारुती सिमेन्टले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ थप गर्दै प्रतिकित्ता २७७ रुपैयाँका दरले आईपीओ निष्कासनका लागि अनुमति माग गरेको उल्लेख गरिएको थियो ।
तर, गत माघ २९ गते सार्वजनिक गरेको आईपीओको पाइपलाईनमा रहेका कम्पनीहरुको सुचीमा भने मारुती सिमेन्टको आईपीओ मूल्य प्रतिकित्ता ३७७ रुपैयाँ उल्लेख गरिएको छ । यसअघि बोर्डले जारी गरेको सूचीमा मारुती सिमेन्टको आईपीओ मूल्य प्रतिकित्ता २७७ हुनु र १७ दिनपछि एकाएक उक्त मूल्य ३७७ रहेको भन्दै बोर्डले अर्को सूची सार्वजनिक गरेपछि प्रिमियममा आईपीओ जारी गर्न लागेको मारुती सिमेन्टको आईपीओ मूल्य बोर्ड र कम्पनीको मिलेमतोमा ‘सुटुक्क’ बदलिएको चर्चा सुरु भएको छ ।
यता मारुती सिमेन्ट्स लिमिटेडको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले भने सुरुमै कम्पनीको आईपीओ मूल्य ३७७ तोकिएको दाबी गरेको छ । सुरुमै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २७७ रुपैयाँ थप गरी प्रतिकित्ता ३७७ रुपैयाँका दरले आईपीओ जारी गर्नका लागि अनुमति माग गरे पनि बोर्डले गरेको ‘मिस्टेक’का कारण सूचीमा २७७ हुन गएको नबिल इन्भेष्टमेन्ट बैंकिङका एक उच्च अधिकारीले बताए । सोही बेलामा आईपीओ मूल्य फरक परेको जानकारी बोर्डमा गराए पनि बोर्डले नै ढिला गरी मूल्य सच्याएको ती अधिकारीको दाबी छ ।
तर, पहिला एउटा मूल्यसहितको सूची सार्वजनिक गरेर बिना कुनै सूचना र जानकारी अर्को सूचीमा मूल्य फेरिएपछि सूचना लुकाउने बोर्डको नियतमाथि नै लगानीकर्ताले प्रश्न उठाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्