×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमडिएमएस प्रणाली खरिदमा घोटालाः १ अर्ब २४ करोड पर्ने सिस्टम किन्न ३ अर्ब ४९ करोडमा सम्झौता !

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

एमडिएमएस प्रणाली खरिदमा घोटालाः १ अर्ब २४ करोड पर्ने सिस्टम किन्न ३ अर्ब ४९ करोडमा सम्झौता !

काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद तथा सञ्चालनमा सवा दुई अर्ब रुपैयाँ घोटाला भएको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छली गरेर ल्याइएका मोबाइल निष्क्रिय बनाउन भन्दै गरेको एमडिएमएस प्रणाली खरिद सम्झौतामा करिब २ अर्ब २५ करोड रुपैयाँ घोटाला भएको देखिएको हो ।

प्राधिकरणले यसअघि एमडिएमएस प्रणाली सञ्चालनका लागि उपकरण तथा सफ्टवेयर खरिदमा १ अर्ब १४ करोड रुपैयाँ र ५ वर्षको सञ्चालक खर्चबापत ९ करोड ३१ लाख रुपैयाँ गरी कुल १ अर्ब २४ करोड रुपैयाँ बराबरको लागत अनुमान गरेको थियो । तर, हाल प्राधिकरणले उपकरण तथा सफ्टवेयर खरिद र सञ्चालन खर्चसमेत गरेर ३ अर्ब ४९ करोड रुपैयाँमा सम्झौता गरेको भेटिएको छ ।

स्रोतका अनुसार प्राधिकरणले न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँग एमडिएमएस प्रणाली सञ्चालनका लागि उपकरण तथा सफ्टवेयर खरिद र सञ्चालनका लागि ३ अर्ब ४९ करोड रुपैयाँमा सम्झौता गरेको छ । जुन अघिल्लो पटक प्राधिकरणले गरेको लागत अनुमान भन्दा २ अर्ब २५ करोड बढी हो ।

एमडिएमएस प्रणाली खरिद तथा सञ्चालनमा अनियमितता भएको आशंकासहित सञ्चार मन्त्रालयले संलग्नमाथि कार्वाही गर्न सिफारिससमेत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: