×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँदर धपाउने कर्मचारी राख्न ७ लाख बजेट विनियोजन !

PRIME CA

बाँदर धपाउने कर्मचारी राख्न ७ लाख बजेट विनियोजन !

७ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउने कर्मचारी राख्न ७ लाख रुपैयाँ बजेट छुट्याएको छ । बाँदरको आतंक बढेपछि बाँदरको आतंक नियन्त्रणका लागि भन्दै गाउँपालिकाको १३औँ गाउँसभाले कर्मचारी राख्न चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बाँदर नियन्त्रण योजना अन्तर्गत गाउँपालिकाले बाँदर धपाउन ३५ जना कर्मचारी नियुक्त गर्ने जनाएको छ । ७ वटा वडा रहेको उक्त गाउँपालिकामा प्रत्येक वडामा ५–५ जना बाँदर धपाउने कर्मचारी रहनेछन् ।

बाँदरको आतंकले गाउँमा बाली लगाउनै नसकिने अवस्था भएपछि बाँदर धपाउनकै लागि भनेर कर्मचारी राख्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यस्ता बाँदर धपाउने कर्मचारी अन्नबाली लगाउने समयमा मात्रै राखिनेछ । हाल मकै छर्ने बेला भएकाले अहिले मकै छर्ने बेलामा एक महिना र मकैले सुत्ला भिरेदेखि पाक्नेबेलामा कर्मचारी नियुक्त गर्ने गाउँपालिकाले जनाएको छ ।

यसरी बाँदर धपाउने कर्मचारीहरुको मासिक तलब गाउँपालिकाले १५ हजार रुपैयाँ तोकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: