×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला, प्रतिकित्ता न्युनतम मूल्य कति ?

अर्थ सरोकार

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

नेपाल पुनर्बीमा र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला, प्रतिकित्ता न्युनतम मूल्य कति ?

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र नागरिक लगानी कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

पुनर्बीमाको सेयरमा विद्यमान संस्थापकहरुले प्रतिकित्ता दुई सय ८० रुपैयाँभन्दा बढी बोलकबोल गरी शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त सेयरमा न्युनतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

त्यस्तै, कोषको सेयरमा प्रतिकित्ता न्यूनतम सात सय ८० रुपैयाँ मूल्य कायम हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिनुपर्नेछ । क्यापिटलका अनुसार कोषको सेयरमा न्यूनतम १५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: