×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा आगामी वर्षका लागि बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बिदा ? (सूचीसहित)

PRIME CA

राष्ट्र बैंकद्वारा आगामी वर्षका लागि बैंक बिदाको सूची सार्वजनिक, कुन-कुन दिन बिदा ? (सूचीसहित)

१८ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालको लागि बैंक तथा वित्तीय संस्थाहरुको बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार एक सुचना जारी गर्दै बिदा सुची, कार्यालय समय र बैंकिङ कारोबार समय सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार आगामी वर्ष दशैं र तिहार बिदा गरी कुल ४५ दिन बैंक बिदा रहेको छ । सो सुचनामा मितिपछि नेपाल सरकारले निर्णय गरेबमोजिम हुने बिदा पनि समावेश गरिएको छ ।

राष्ट्र बैंकले आगामी वर्ष बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको छ । उक्त अवधिका लागि बैंकिङ कारोबार समय भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ भने प्रत्यक शुक्रबार १० बजेदेखि अपराह्न १:३० बजेसम्म बैंकिङ समय रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मका लागि भने कार्यालय समय बिहान १० बजेदेखि ४ बजेसम्म र बैंकिङ कारोबार समय दिउँसो ३ बजेसम्म तोकिएको छ । शुक्रबार भने बिहान १० बजेदेखि १२:३० सम्म हुनेछ ।

यस्तो छ बिदाको सूची:

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: