काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०९ कम्पनीको ५५ लाख ७४ हजार २ सय ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा एनआइसी एशिया ग्रोथ फण्ड-२, सीवाईसी नेपाल लघुवित्त, बोटलर्स नेपाल बालाजु (लिमिटेड), गणपति लघुवित्त वित्तीय संस्था र ग्रिन लाइफ हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल (तराई), जोशी हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा चिरख्वा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । चिरख्वा हाइड्रोपावरमा यस्तो गिरावट आउँदा ९% कामना सेवा विकास बैंक लिमिटेड डेबेञ्चर २०८७, बिपीडब्लु लघुवित्त वित्तिय संस्था, बोटलर्स नेपाल (तराई) र माथिल्लो मैलुंग खोला जल विद्युतमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्