×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेलाई ‘बेवकुफ’ बनाउन खोजेपछि रोकियो मैलुङ खोलाको सेयर कारोबार

PRIME CA

नेप्सेलाई ‘बेवकुफ’ बनाउन खोजेपछि रोकियो मैलुङ खोलाको सेयर कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मैलुङखोलाको सेयर कारोबार रोक्का गरेको छ । दोस्रो बजारमा प्रभाव पार्ने लाभांशसम्बन्धी सूचना ढिलो गरी दिएपछि नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले बुधबार सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

तर, कम्पनीले लाभांशबारेको उक्त सूचना नेप्से र लगानीकर्तालाई बिहीबार बजार सयममा (११ः१७ बजे) दिएको थियो । सेयर बजार खुल्नुअघि नै दिनुपर्ने उक्त जानकारी कम्पनीले ढिलोगरी बजार समयमा दिएपछि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

कारोबार रोक्का गर्दै नेप्सेले कम्पनीसँग लाभांश प्रस्तावबारे सूचना ढिलो दिनुको कारणसहित ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरणसमेत सोधेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: