×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १०.८३ अंकले घट्यो नेप्से परिसूचक, २ अर्व ३३ करोडमाथिको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार

PRIME CA

बुधबार १०.८३ अंकले घट्यो नेप्से परिसूचक, २ अर्व ३३ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, बुधबारको  सेयर बजारमा सबैभन्दा बढी नाफा सर्वोत्तम सिमेन्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा हिमालयन ८०-२०, इस्टर्न हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड, बलेफी हाइड्रोपावर र कुमारी धनवृद्धि योजनाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा जोशी हाइड्रोपावर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हिमालयन रिइन्स्योरेन्स, गुर्खाज फाइनान्स र पिपुल्स हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको हो ।  कालिका लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा श्रीजनशील लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: