काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा सर्बोत्तम सिमेन्ट, हिमालयन हाइड्रोपावर, समलिंग पावर लिमिटेड, पिपुल्स पावर र रिभर फल्स पावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, पिपुल्स पावर लिमिटेड र रिभर फल्स पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो । उन्नति सहकार्य लघुवित्तमा यस्तो गिरावट आउँदा धौलागिरी लघुवित्त वित्तीय संस्था, हिमालयन ८०-२०, जोशी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युतमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्