काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । कर्मचारीको सेवा सुविधाको विषयमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे (बिएफयूएन)ले शाखा कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । शाखा कार्यालय बन्दबारे बिएफयूएनले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र पठाउँदै जानकारी गराएको छ ।
आन्दोलनरत कर्मचारीका अनुसार कर्मचारी संगठन र संस्थाको व्यवस्थापनसँग गत फागुन ७ गते कर्मचारी सेवा सुविधा, ४ ग्रेड तथा तलब भत्ता लगायत अन्य सेवा सुविधाको सुनिश्चितताका लागि संयुक्त मर्जर समितिबाट निर्णय गराई जानकारी गराउने वा सो नभए संस्थाको सञ्चालक समितिबाट फागुन २० गतेसम्म प्रतिवद्धता दिने सहमति भएको थियो ।

तर, उक्त समयमा सम्झौता कार्यान्वय तथा प्रतिवद्धता नदिएपछि कर्मचारी संगठनले फागुन २० गते केन्द्रीय कार्यालयलाई पत्र लेख्दै फागुन २३ गतेदेखि पुनः आन्दोलन गर्ने जानकारी दिएको थियो ।
कर्मचारी संगठनको उक्त पत्रपछि मात्रै संस्थाको जनशक्ति व्यवस्थापन विभागले फागुन २३ गते प्रतिवद्धता पत्र दिए पनि विश्वास गर्ने आधार नरहेको भन्दै कर्मचारीहरुले शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेर आन्दोलन सुरु गरेका छन् ।
शाखा कार्यालय नै बन्द गरेर आन्दोलन थालेका कर्मचारीहरुले नेरुडेका कर्मचारीलाई चार ग्रेड दिने प्रतिवद्धता संयुक्त मर्जर समितिबाट निर्णय गरी सोको लिखित जानकारी माग गरेका छन् । लिखित जानकारी नपाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनीहरुले चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्