काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बैंकले बर्खास्त गरेको छ । नशालु पद्धार्थ सेवन गरी आफ्नै हाकिममाथि यौन दुर्व्यवहार गरेका निर्देशक आचार्यलाई सेवाबाट बर्खास्त गरिएको हो ।
राष्ट्र बैंकको सोमबारको बैठकले उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
उनले गत पुष २७ गते आफ्नै महिला हाकिममाथि दुर्व्यवहार गरेका थिए । सो दिन बैंकले नगरकोटमा आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रममा आचार्यले नशाको सुरमा आफ्नै हाकिम महिलालाई पछाडीबाट अँगालो हाल्दै चुम्बन गर्ने प्रयास गरेका थिए ।
त्यसपछि उनीविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको थियो । उजुरीउपर छानविन गर्दै राष्ट्र बैंकले अन्तत: उनलाई दोषी देखाएको छ भने भविष्यमा पनि बैंकको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्