×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयोग कि सेटिङ ? रवि गृहमन्त्री भएलगत्तै प्रहरीको सम्पर्कमा आएका थिए जिबी राई !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संयोग कि सेटिङ ? रवि गृहमन्त्री भएलगत्तै प्रहरीको सम्पर्कमा आएका थिए जिबी राई !

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लामो समयदेखि सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई) पक्राउ परेका छन् । केही समयअघि मलेसियामा अपार्टमेन्ट नै किनेर बसेका छन् भन्ने हल्ला चलेका राई सिंगापुरबाट पक्राउ परेका हुन् । देशभर सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरेर फरार भएका राई पक्राउ परेसँगै उनलाई नेपाल फिर्ता ल्याउने तयारी थालिएको छ ।

तर, राई पक्राउ पर्नुलाई धेरैले अस्वभाविक रुपमा विश्लेषण गरेका छन् । सामाजिक सञ्जालमा रवि गृहमन्त्री बने लगत्तै राई पक्राउ पर्नु संयोग कि सेटिङ ? भन्ने बहस छेडिएको छ ।

पूरानो गठबन्धन भत्किएर नयाँ सत्ता समिकरणबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री बने लगत्तै सहकारी ठगी प्रकरणमा फरार रहेका राई प्रहरीको सम्पर्कमा आएका थिए । स्रोतले दिएको जानकारी अनुसार प्रहरीले यसअघिदेखि नै राईको खोजिकार्य गरिरहेको भए पनि उनी सम्पर्कमा आएका थिएनन् । तर, रवि गृहमन्त्री बन्ने बित्तिकै उनी प्रहरीको सम्पर्कमा आएका थिए ।

रबि गृहमन्त्री बनेलगत्तै राई पक्राउ परेसँगै केहीले राईको पक्राउलाई संयोग भनेका छन्, केहीले सेटिङ्ग भएको प्रतिक्रिया दिएका छन् भने केहीले यसलाई रविको सक्रियता भनेका छन् । यद्यपि पक्राउ परेका राईलाई हाल नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी