×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाइजोमा सुनको सिक्री नपाएपछि मण्डपबाट भाग्ने बेहुला पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दाइजोमा सुनको सिक्री नपाएपछि मण्डपबाट भाग्ने बेहुला पक्राउ

२९ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दाइजोमा सुनको सिक्री नपाएपछि विवाहको मण्डपबाट भाग्ने बेहुला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४, सिनेमा चोकका उमेश साह रहेका छन् ।

बेहुली पक्षले दाइजोमा सुनको सिक्री नदिएको भन्दै उनी विवाहको मण्डपबाटै भागेका थिए । शाहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका शाह वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । उनलाई बेहुली पक्षले दाइजोमा १२ लाख नगद, मोटरसाइकल‌ बापत ३ लाख २५ हजार, ल्यापटप, सुनको औंठी र हनुमानको माला दिएका थिए । तर, उनले माग गरे अनुसार सुनको सिक्री नपाएपछि उनी मण्डपबाटै फरार भएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: