×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसइई परीक्षा: मोबाइलबाट चिट चोराउने शिक्षक र गार्ड पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार

PRIME CA

एसइई परीक्षा: मोबाइलबाट चिट चोराउने शिक्षक र गार्ड पक्राउ

काठमाडौँ । एसइई परीक्षामा चिट चोराएको आरोपमा शिक्षक र गार्ड पक्राउ परेका छन् । चैत १५ गते (बिहीबार)देखि सुरु भएको माध्यामिक शिक्षा (एसइई)को परीक्षामा विद्यार्थीलाई चिट चोराएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले दुई जना (शिक्षक र गार्ड)लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका-६ का ४३ वर्षीय सुरेन्द्र प्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका-३ भटिनियाका ४५ वर्षीय बिनोद प्रसाद यादब रहेका छन् ।

पक्राउ परेका सुरेन्द्र कलैया उपमहानगरपालिका-२ स्थित अमर माध्यामिक विद्यालय, दोहरीका शिक्षक हुन् भने बिनोद बारागढी गाउँपालिका-१ स्थित जनता माध्यामिक विद्यालयमा गार्डका रुपमा खटिएका थिए । दुवैजनाले एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

डिएसपी न्यौपानेका अनुसार सुरेन्द्रले विद्यार्थीलाई मोबाइलबाट चिट चोराउन सहयोग गरेका थिए । हाल दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: