काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुँइचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ । प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गर्ने व्यवस्था गरेको हो ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई आग्रह गरेका छन् ।
प्रहरीले सिफलचौरमा दर्शनार्थीहरुका लागि पार्किङको व्यवस्था गरेको छ । त्यस्तै, कोषको कार्यालयमा सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । गुहेश्वरी पारी पनि तिर्थयात्री र दर्शानार्थीहरुले पार्किङ गर्न पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्