×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा अबदेखि दोहोरी साँझ र ‘डान्स बार’ रातभर खुल्ने !

अर्थ सरोकार

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार

PRIME CA

पोखरामा अबदेखि दोहोरी साँझ र ‘डान्स बार’ रातभर खुल्ने !

काठमाडौँ । पोखरामा आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । आइतबार पोखरलाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

उनले आजै (आइतबार) साँझैदेखि लागू हुनेगरी निश्चित मापदण्ड बनाएर डिस्को, दोहोरी र लाइभ म्युजिकजस्ता व्यवसाय रातभर खुल्ने बताएका छन् ।

त्यस्तै, शाहले निश्चित मापदण्डका आधारमा लेकसाइड, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेण्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको एक बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने पनि बताएका छन् । राउण्ड फेवा, भिउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि मुख्यमन्त्री शाहले प्रतिवद्धता जनाएका छन् । उनले बेगनास तालमा क्रुज सिप सञ्चालन गर्ने पनि घोषणा गरेका छन् ।

साथै पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत ध्यान केन्द्रको रुपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । सोही अवसरमा उनले पोखरामा ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: