×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’: प्रधानमन्त्री प्रचण्ड

PRIME CA

‘म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ’: प्रधानमन्त्री प्रचण्ड

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेससँगको गठबन्धन तोड्नुलाई क्रम भंग भनेका छन् । विगतदेखि नै आफूलाई घेरा हालेर सिध्याउने खेल भए पनि त्यसलाई निरन्तर रुपमा तोड्दै आएको प्रचण्डको भनाई छ । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आफू नमर्दासम्म यस्ता उथलपुथल भइरहने बताएका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभएर गडगडाउने नदीजस्तो भएकोसमेत उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: