×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशको अर्थतन्त्र सुध्रिसक्यो, संकटमा छैन’- प्रधानमन्त्री प्रचण्ड

अर्थ सरोकार

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार

PRIME CA

‘देशको अर्थतन्त्र सुध्रिसक्यो, संकटमा छैन’- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । हेटौँडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले बाहिर चलेको हल्लाजस्तो देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् ।

‘अघिल्लो वर्ष यही समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, अहिले अर्थतन्त्र धेरै सुध्रिसक्यो । अहिले देशको अर्थतन्त्र संकटमा छैन ।’

सोही क्रममा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढिसकेको पनि बताएका छन् ।

त्यस्तै, उनले निर्माण व्यवसायीहरुको माग र आवश्यकताअनुसार व्यवसायीमैत्री कानून निर्माण गर्नुका साथै खरिद नियमावली संशोधन गरिने पनि उल्लेख गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: